पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ।
मनसुन सुरु भएलगत्तै भदौसम्म मेलम्ची खानेपानी रोकिने
मेलम्चीको खानेपानी मनसुन सक्रिय भएसँगै फेरि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षात् सुरु भएदेखि बाढीपहिरो जानसक्ने तथा लेदो बग्ने हुँदा टनेल बन्द गर्नुपर्ने बताउनुभयो ।
दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबिचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्त्वपूर्ण हुने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलले शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै
११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले असार १ गते शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।
विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती
सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ ।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
बाढीले पाँचवटा काठेपुल बगायो, यातायात सेवा अवरुद्ध
ताप्लेजुङमा तमोर नदीसहितका खोलामा लगाइएको अस्थायी काठेपुल बाढीले बगाउँदा यातायात सेवा अवरुद्ध बनेको छ। बुधबार रातभर परेको वर्षाका कारण तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल (गाडी गुड्ने काठको पुल) बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।
सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने विचार व्यक्त गर्नुभएको छ ।
कानुन अनुसार अगाडि बढे सामाजिक सञ्जालसँग आपत्ति छैन : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताउनुभएको छ।
७५ प्रतिशत सकियो ग्वार्को फ्लाइओभरको काम
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७५ प्रतिशत सम्पन्न भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार यस आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भएको हो ।
सिङ्सावा खोलामा आएको बाढीले तमोर नदी थुनियो
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको छ । बुधबार साँझपछि रातभरको वर्षासँगै सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको हो ।
हस्, भइहाल्छ भन्ने होइन, व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
ष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ।
नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने बताउनुभएको छ ।
ब्रोवार्ड काउन्टीको पिचले सशङ्कित नेपाल र श्रीलङ्कन टोली
मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने ।
थाहाको आलु (फोटो फिचर)
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको दुई दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट : नेपालमा लगानी गर्न आग्रह
छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने विश्वास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।