भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।
फेवाताल मिचेका संरचना साउनदेखि हटाउन आदेश
उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न-नगराउन परमादेश जारी गरेको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउन असार मसान्तभित्र कार्य तालिका बनाउन अदालतले भनेको हो ।
सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।
मानिस मात्र होइन जनावरका लागि पनि धराप
देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे पुलको लट्ठा चुँडिँदा दुई खच्चड मरे । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र कर्णाली प्रदेशको दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा आइतबार चुँडिँदा फसेका १३ मध्ये ११ खच्चडको भने जीवितै उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।
बढ्दै छन् थाइराइड क्यान्सरका बिरामी
पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।
वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक
शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आर्सीवाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् ।
झोलुङ्गे पुल चुँडिँदा १५ खच्चड फसे
अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।
टुँडिखेलमा साकेला रौनक (फोटो फिचर)
उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष जेठ १० गते उभौली परेको थियो।
तरकारी खेतीमा कृषकको हौसला बढाउँदैछ प्रदेश सरकार
बिहान झिसमिसेदेखि गोधुली साँझसम्म खेतबारीमा नङ्ग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनैबेला अगमशेर राई दिक्क बन्नुहुन्थ्यो । तर प्रविधिको विकासले उहाँको कामलाई अहिले सहज बनाइदिएको छ ।
टोखा झोरको कृष्ण महादेव (फोटो फिचर)
काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।
सगरमाथा उचाइ र कमाइ
यही २०८१ जेठ १६ गते अर्थात् सन् २०२४ मे २९ का दिन १७ औँ ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइयो । स्मरण रहोस्; नेपालमा मात्रै नभएर न्युजिल्यान्ड, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, भारत (भारतको सिक्किम राज्य) लगायतका देशमा पनि ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइने गरिन्छ । तथ्याङ्क अनुसार हालसम्म ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीको सङ्ख्या (सन् २०२३ को स्प्रिङ सिजनसम्म, विसं २०८० को वैशाख–जेठ) ११ हजार ९९६ पुगिसकेको छ । यो सङ्ख्यामा कसैले दोस्रो पटक, कसैले तेस्रो पटक, कसैले पटक पटक आरोहण गरिसकेका छन् । जस्तै कामिरिता शेर्पाले (सन् २
राज्यका नीति व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यकः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
उत्पादकत्व वृद्धि एवम् रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ ।
सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गर्नुभएको छ ।
‘मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ’
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरुको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।
तालिकाअनुसार एमबिबिएस पढाइ सञ्चालन होस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई कार्यतालिकासहित एमबिबिएसको पढाइ अघि बढाउन निर्देशन दिनुभएको छ ।
पर्यटन क्षेत्रको दिगो व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छौँ : अध्यक्ष शेर्पा
नेपालकै पहिलो रोजाइको पर्यटकीय गन्तव्य सगरमाथा आधारशिविर क्षेत्र अर्थात खुम्बु क्षेत्र हो । पदयात्रा तथा पर्वतारोहणका नेपाल आउने पर्यटकहरुको पहिलो रोजाई पनि खुम्बु क्षेत्रनै हुने गरेको तथ्याङकले देखाएको छ । पहिचान भएका तीन हजार बढी हिमाल मध्ये पाँच सय बढी हिमाल यसै गाउँपालिका भित्र रहेका छन् भने विश्वकै अग्लो हिमाल सगरमाथा लगायत ७८ वटा अग्ला हिमालहरु यसै गाउँपालिका भित्र पर्दछन् । पदयात्रा र पर्वतारोहणका लागि संसारका पर्यटकहरुको भीड लाग्ने खुम्बु क्षेत्रलाई पर्यटन प्रवद्र्धन भन्दा पनि गुणस्तरीय सेवा र दिगो व्यवस्थापननै चुनौति बनेको छ ।
मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।
टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।