कर्मचारीको तलब वृद्धि भएन, महँगी भत्ता ५ हजार
आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब वृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले वृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।
दिवा खाजामा बजेट वृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ
कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा वृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
खेलकुदमा ६ अर्ब आठ करोड बजेट
सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
‘थप छ हजार हेक्टर क्षेत्रमा सिँचाइ व्यवस्था गरिने छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
चालु आर्थिक वर्ष आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने
चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । बिहीबारको संसदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो ।
आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बिहीबार भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्याली
नेकपा (एमाले) ले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्याली निकालेको छ । बिहीबार एमालेले आयोजना गरेको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ ।
गणतन्त्र जनताको व्यवस्था हो : प्रधानमन्त्री ओली
। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको शासन प्रणाली भएको बताउनुभएको छ ।
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भएको छ ।
गणतन्त्रमा नागरिक नै देशका मालिक
समुन्नत, समृद्ध र सुशासनयुक्त देश बनाउने महान् लक्ष्य र अभिभारा पूरा गर्ने अठोटसाथ आज गणतन्त्र दिवस मनाइँदै छ ।
लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्कृष्ट शासन प्रणाली
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको औपचारिक अभ्यास आरम्भ गरेको आज १८ वर्ष पुगेको छ।
देशको मुहार फेर्ने गौरवका आयोजना
आमनेपाली जनताको गुणस्तरीय जीवन तथा साझा पहिचानमा सकारात्मक परिवर्तन ल्याउन तथा मुलुकको भौतिक विकासबाट समृद्ध नेपालको आधारशिला निर्माण गर्न सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मधेशको योगदान
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गएको चैत २७ गते मधेश प्रदेश सभामा सम्बोधनका क्रममा भन्नुभएको थियो, “लामो समयको लडाइँपछि हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ ।
अब यात्रा समुन्नतिको
महामानव बिपी कोइरालाले भन्नुभएको छ, “देश भन्नुस् वा राष्ट्र, त्यो भूगोल होइन । त्यो यथार्थमा जनता हो । हामीले जनताको आकाङ्क्षालाई सर्वोपरि मानेर राजनीति गर्नु पर्छ ।”
सगरमाथा आरोहणको ७२ औं वर्षगाँठमा र्याली प्रदर्शन (फोटो फिचर)
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७२ वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। सोही स्मरणमा आज यहाँ र्याली प्रदर्शन गरिएको छ ।
‘गणतन्त्र आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भयो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भएकाले यो शासन व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सगरमाथा आरोहणका ७२ वर्ष
पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७२ वर्ष पुगेको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि सात दशकको अवधिमा करिब सात हजार आरोही सगरमाथा शिखरमा पुगेका छन्
गणतन्त्रमा सबैलाई समान अवसर
मानव सभ्यताको क्रमसँगै विश्वमा विभिन्न किसिमका राजनीतिक व्यवस्थाको अभ्यास हुँदै आएको र समयको अन्तरालमा त्यस्ता व्यवस्था बिस्तारै जीर्ण हुँदै गएका कारण तिनले बदलिँदो समयको मागलाई सम्बोधन गर्न सकेनन् र ति क्रमशः रूपान्तरण र परिवर्तन हुँदै गए ।
स्रोतको दबाबबिच आज बजेट
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ ।
गणतन्त्रको उपलब्धि, नागरिक पहुँचमा तीन वटै अङ्ग
नेपाली जनताको सात दशकभन्दा लामो त्याग, बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।
यस्तो छ जेठ १५ को सुरक्षा व्यवस्था
सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ ।
व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले बुधबार शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सरकारले नयाँ कामको सुरुवात गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
ऊर्जामन्त्री र अमेरिकी राजदूतबिच भेट : एमसिसी परियोजनाबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबिचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।