गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७२ वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। सोही स्मरणमा आज यहाँ र्याली प्रदर्शन गरिएको छ ।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७२ औं वषगाँठको सन्दर्भमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उडयन मन्त्रालय एनएमए र पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रम ठमेलबाट र्याली सुरु भएर बसन्तपुरमा आएर समापन भएको छ।