सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
सल्यानमा जिप दुर्घटना, १५ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –५ तिर्थपोलेस्थित भित्रि कच्ची सडकमा जिप दुर्घटनामा परेको हो ।
घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।
तीन करोड ठगी आरोपमा एक पक्राउ
तनहुँ भिमाद नगरपालिका –९ सखेपस्थित रहेको भानुमति साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक ठगी आरोपमा पक्राउ परेका छन् ।
नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित श्री दशरथ माध्यमित विद्यालयमा राहत शिक्षकमा कारर्यरत महेश शाहमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
पाल्पाका अधिकांश पशु बाहिर निर्यात
पाल्पाबाट पशु निर्यात गर्ने काम बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७९–८० मा पशुजन्य पदार्थको निर्यात एक वर्षअघिको तुलनामा चार गुणाले बढेको हो ।
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
दमकमा एक युवाको बीभत्स हत्या
झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
धनगढीबाट मुक्तिनाथ हिँडेका दुई जना तीर्थयात्री देवघाटमा बेपत्ता
धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।
दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ
दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
डाक्टरहरू सडकमा, बिरामीका आफन्तको चक्काजाम
पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।
तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज (बुधबार) राजीनामा दिनुभएको हो ।
पोखरेलसहित ११ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
नयाँ खिम्ती सबस्टेसनको निर्यात परिमाण बढ्ने
नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
वन फडानीको आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् ।
गोली लागेर युवकको मृत्यु
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।
खाद्य व्यवस्था कार्यालयद्वारा कुहिएको चामल बिक्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले नाम्खा गाउँपालिका –५ मुचु गाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।
मलङ्गवामा कर्फ्यु खुकुलो, जनजीवन सामान्य
सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सुचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ ।
बस्तीमा बाघ आतङ्क : घरपालुवा पशुमाथि दैनिक आक्रमण
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।
चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो ।