विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रआसपासमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन अनुसार जिप्रका काठमाडौँले विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न निषेध गरेको हो । काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा विमानस्थल क्षेत्र संवेदनशील रहने भन्दै शान्ति सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ ।
भारतद्वारा थप सवारीसाधन सहयोग
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ भारत सरकारले नेपाल सरकारलाई ६५० वटा सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराएको छ ।
राष्ट्रिय सभा अधिवेशन अन्त्य हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको १९ औँ अधिवेशन अन्त्य गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेपछि अधिवेशन अन्त्य गर्नुभएको हो ।
फागुन १ को स्मरण गरिँदै
माओवादी पृष्ठभूमि भएका पार्टीहरूले फागुन १ गते ३० वर्षअघिको बलिदानी स्मरण गर्दै विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरूले आजको दिनलाई ‘३० औँ जनयुद्ध दिवस’ का रूपमा स्मरण गर्ने भएका हुन् । तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले रुकुमको राडिज्युला, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैङ्कमा आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्ध उद्घोष गरेको थियो ।
पच्चिस हजारको मात्रै ओपिडी सेवा
स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेबाट बहिरङ्ग (ओपिडी) सेवा २५ हजारसम्म मात्र लिन मिल्ने व्यवस्था कायम गर्दा वास्तविक बिरामी यो निर्णयबाट समस्या परेका छन् ।
स्थानीय सरकार : कार्यसम्पादन कमजोर
देशभरिका पालिकाहरूले स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक पूरा गरी शतप्रतिशत अङ्क प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्न प्रयोग गरेका १७ वटा सूचकलाई कुनै पनि पालिकाले शतप्रतिशत पूरा गर्न सकेनन् ।
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गर्नुभयो।
महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिक सिल गर्न सिफारिस
नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ ।
रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा
रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रमको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ ।
काठमाडौँ किकर्सलाई इन्डो–नेपाल फुटबल उपाधि
डिएभी विद्यालयको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै उपाधि उचालेको हो।
सुनको प्रलोभन देखाएर ६० लाख लुट्ने दुई जना पक्राउ
काठमाडौँको कलङ्कीस्थित घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपियाँ लुटपाट गर्ने समूहका थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ काठमाडौँको भृकुटीमण्डपमा हुने
नेपाल औषधी उत्पादक सङ्घको दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ ३० गते काठमाडौँमा हुने भएको छ ।
कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव
नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार पार्ने प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका मूलभूत विषयहरू समावेश गर्न सुझाव दिएका छन्।
प्रविधिमैत्री सूचना प्रणालीमार्फत प्रहरी सञ्चार सहकार्य
आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ ।
मोबाइलबाटै सिक्नुहोस् मतदान गर्ने तरिका
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुँदैछ ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज तोलामा १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ ।
सदरमुकाममै रिङरोड निर्माण सुस्त
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको रिङरोड निर्माण निकै सुस्त बनेको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड निर्माणको भौतिक प्रगति छ वर्षको अवधिमा हालसम्म २
एक करोड पचास लाखभन्दा बढी मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्
स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।
आयोगले जारी गर्यो सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि
निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसार र मतदानको दिन सवारीसाधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन सो कार्यविधि जारी गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी आयोगले सो कार्यविधि जारी गरेको हो ।
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो ।