नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।
प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा रोक्न सरोकारवालाको आग्रह
सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा अधिकारकर्मीले प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा नियन्त्रणका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।
एक सय सात जनाको मोतीविन्दु शल्यक्रिया
धादिङबेँसीमा सम्पन्न मोतीविन्दु शल्यक्रिया शिविरमा एक सय सात जनाको सफल शल्यक्रिया गरिएको छ ।
‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभएको छ ।
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास
गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ ।
मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ ।
सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।
मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ ।
आयुर्वेद, योग र ध्यान परम्परागत चिकित्सा पद्धति : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अङ्ग र कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभएको छ ।
योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण
विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ ।
टुँडिखेलमा मनाइयो ‘विश्व ध्यान दिवस’ (फोटो फिचर)
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ ।
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ ।
पक्की पुल शिलान्यास
मकवानपुरको भीमफेदी गाउँपालिकाको पोलदम्कीखोलामा पक्की पुल शिलान्यास गरिएको छ । पक्की पुलको बागमती प्रदेशकी पूर्वमन्त्री कुमारी मोक्तानले एक कार्यव्रmमबिच शिलान्यास गर्नुभएको हो ।
‘राजनीतिक रंगावलीमा पिपुल फर्ष्ट पार्टीको स्थान अग्रपथ हुने’
पिपुल फर्ष्टले ‘न दायाँ, न बायाँ न पछाडि सधैँ ठीक र अगाडि’को शुत्र अबलम्ब गर्ने जनाएको छ । गत मङ्सिर ५ गते निर्वाचन आयोगमा दर्ता भएको यस पार्टीको स्थापना अधिवेशन यही पुस ४ र ५ गते भक्तपुरमा सम्पन्न गरेको छ ।
आज विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
एक दशकमा पनि बनेनन् औद्योगिक क्षेत्र
सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक पूरा भइसक्दा एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने सरकारको योजना थियो ।
‘देवघाटमा जलविद्युत् बनाउन उपयुक्त’
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीर्थस्थल देवघाटनजिक जलविद्युत् आयोजना बनाउन उपयुक्त हुने बताउनुभएको छ ।
‘राष्ट्रिय सहमति भए ई–भोटिङ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्क वृद्धि खारेज
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा हालै गरिएको वृद्धि खारेज गरी पुरानै शुल्क कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत गत चैतमा गरिएको शुल्क वृद्धि खारेज गर्दै पुरानै शुल्क कार्यान्वयन गर्ने निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्नुभएको हो ।
उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।
इम्बोस्ड प्लेट अस्वाभाविक महँगो
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको शुल्क अस्वाभाविक महँगो भएकाले शुल्क घटाउन सुझाव दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सरकारी अध्ययन समितिले महँगो भएको निष्कर्ष निकाल्दै उक्त सुझाव दिएको हो ।
पहुँचका आधारमा विकास
आवश्यकताका आधारमा नभई पहुँचका आधारमा विकास निर्माणको योजना सञ्चालन हुँदा अहिले स्थानीय तहमा भौतिक पूर्वाधारको विकास असन्तुलित हुँदै गएको छ । पहुँच पुगेका स्थानीय तहमा विकासका योजना कार्यान्वयन नै गर्न नसकिने गरी सञ्चालन भएका छन् भने पहुँच नपुगेका स्थानीय तहमा विकास निर्माणको कामै ठप्प भएका छन् ।