उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।
इम्बोस्ड प्लेट अस्वाभाविक महँगो
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको शुल्क अस्वाभाविक महँगो भएकाले शुल्क घटाउन सुझाव दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सरकारी अध्ययन समितिले महँगो भएको निष्कर्ष निकाल्दै उक्त सुझाव दिएको हो ।
पहुँचका आधारमा विकास
आवश्यकताका आधारमा नभई पहुँचका आधारमा विकास निर्माणको योजना सञ्चालन हुँदा अहिले स्थानीय तहमा भौतिक पूर्वाधारको विकास असन्तुलित हुँदै गएको छ । पहुँच पुगेका स्थानीय तहमा विकासका योजना कार्यान्वयन नै गर्न नसकिने गरी सञ्चालन भएका छन् भने पहुँच नपुगेका स्थानीय तहमा विकास निर्माणको कामै ठप्प भएका छन् ।
ओलीसामु चुनौतीका चाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर नयाँ नेतृत्व पाइसकेको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओली जेनजी आन्दोलनपछि पनि पुनः एमालेको नेतृत्वमा आवश्यक रहेको पुष्टि यो महाधिवेशनले गरेको छ ।
गृहमन्त्रीद्वारा नुवाकोट कारागारको निरीक्षण : खाली ब्लक बालसुधार गृहमा परिणत हुँदै
गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गर्नुभएको छ।
सुशासनको डण्डा चलाएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गर्नु भएको छ।
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनु पर्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभएको छ ।
‘गोरखापत्र डिस्कोर्स’ (फोटो फिचर)
गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ बिहीबार भव्य रूपमा ललितपुरमा सम्पन्न भयो ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिनुभएको छ ।
फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ ।
आर्थिक पुनरुत्थानको साझा मञ्च
विकासमा सञ्चार क्षेत्रको एउटा पहल हो– गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ । नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधा
विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
सफल पुँजी परिचालन, सुदृढ अर्थतन्त्र
नेपालको आर्थिक बहसमा प्रायः ‘पैसाको कमी’ लाई विकासको मुख्य अवरोधका रूपमा प्रस्तुत गरिन्छ तर विकासमा अवरोध सिर्जना गर्ने मूल कारण पुँजीको अभावभन्दा पनि त्यसको प्रभावकारी परिचालन र निजी क्षेत्रप्रति विश्वासको सङ्कट भएको स्पष्ट देखिएको छ ।
समुन्नति पथमा उद्यमको अवसर
समुन्नतिका आकाङ्क्षा, नवप्रवर्धन र स्टार्टअप विस्तारको लक्ष्य तथा जेनजी युवा पुस्ताले देश निर्माणका लागि उद्घाटित गरेका नवीन उद्देश्यबिच उद्यमशीलता विकास गरी रोजगारी सिर्जनाको नयाँ अध्याय आरम्भ गर्नुपर्ने चुनौती राज्यसामु छ । देशलाई कस्तो बनाउने, देशमै बस्नयोग्य कसरी बनाउने र त्यसका लागि कस्तो मनोबल चाहिन्छ ? देशको मुख्य बहस अहिले यिनै विषयमा केन्द्रित छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बखानमाथि समुदायमा बहस
प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट बहस तथा चर्चा–परिचर्चा सुरु भएको छ । चितवनको इतिहास, बस्ती विकास र स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो ।
स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन
‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।
ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा
मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह : यी हुन् पदक र पुरस्कार पाउने २५ जना (नामसहित)
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।
गजल : विमर्शको बलियो विधा
समयको परिवर्तनसँगै नेपाली साहित्यमा गजल विधाले आफ्नो स्वरूप र प्रभावलाई व्यापक बनाएको छ । मान्छेका चाहना र अभिव्यक्ति दिने शैलीमा आएको बदलावले गजललाई दरबारिया शृङ्गारिकताबाट उठाएर आममानिसको सुखदुःखको संवाहक बनाएको छ । विशेष गरी युवा पुस्तामा यो विधा सबैभन्दा बढी लोकप्रिय छ । छोटो र छरितो संरचनामा गहिरो भाव व्यक्त गर्न सकिने भएकाले पनि गजलकारको ठुलो जमात तयार भएको हो । हिजो प्रेम र विछोडमा मात्र केन्द्रित गजल आज राजनीति, समाज, दर्शन र समसामयिक विकृतिमाथि प्रहार गर्ने सशक्त माध्यम बनेको छ ।
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपियाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबानरका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।