यातायातमा आरक्षित सिटको व्यवस्था अनिवार्य
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा आरक्षित सिटको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ बमोजिम तोकिएका सिट आरक्षित गरी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
अवैध गतिविधिमाथि उच्च निगरानी
प्रहरीले देशभर हुने गरेका अपराधजन्य अवैध गतिविधि, असुली, तस्करी तथा विभिन्न क्षेत्रका सेवाग्राही तथा व्यवसायीलाई भौतिक तथा मनोवैज्ञानिक रूपमा डर, धाकधम्की दिनेविरुद्ध विशेष अपरेसनसहित निगरानी बढाएको छ ।
सुझाव सम्बोधन गर्ने तयारी
सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माणसहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गरेर सम्बोधन गर्ने गृहकार्य अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले छ वटा प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसदसँग गर्नुभएको संवादपछि प्राप्त सुझावलाई वर्गीकरण गरेर सम्बोधन गर्ने तयारी सरकारले थालेको हो ।
भोलिदेखि शून्य बाँकी फाइल सप्ताह
सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । यही चैत ३० देखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
सिंहदरबार पुन:निर्माण सुरु
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुन:निर्माण सुरु गरिएको छ । गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए ।
भिरबाट लडेर महिलाको मृत्यु
हेटौँडा उपमहानगरपालिका १४ बस्ने एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । हेटौँडा १४ नयाँबस्ती टोलकी ३५ वर्षीया सन्तोषी वाइबाको शनिबार भिरबाट लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
नेपाल-भारत प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थको लोकार्पण
समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।
गाउँ पर्यटन प्रवर्द्धनमा योगदान : पत्रकार ढुंगाना सम्मानित
गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकी पत्रकार राधा ढुंगाना ‘डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
एरिका कराते वान प्रिमियर लिगको फाइनलमा
चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउनुभयो ।
आफैँले काटेको रुख लागेर एकको मृत्यु, दुई घाइते
बेलकोटगढी नगरपालिका–९, नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
सडक आश्रित मानव व्यवस्थापन विषयमा छलफल
काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ ।
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।
जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ ।
राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा पत्रकार रमेशकुमार लम्साल नियुक्त हुनुभएको छ ।
कम्युनिस्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिस्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न
नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको एपेक नेपालले नेपाल भारत दुई दिने काव्य महोत्सव सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय चेसमा निहानालाई रजत
नेपालका उदयीमान खेलाडी निहाना श्रेष्ठले फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जित्नुभएको छ ।
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ ।
सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै
काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
विक्रम संवत् मिल्दामिल्दै नमिलेका पक्ष
नेपालमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरूमा विक्रम संवत्को उल्लेख भएको त देखिन्छ तर त्यसमा एकरूपता पटक्कै देखिएका छैनन् । विक्रम संवत् उत्पत्ति भएको मुलुक भारत हो तर त्यहाँका विद्वानहरूबिच एकमत जस्तो देखिने गरेको छैन । त्यही भएर भारतीय विद्वान्हरूले के भन्ने गर्छन् र नेपालमा उपलब्ध भएका लिखित ऐतिहासिक सामग्रीहरूमा जे देखिए, ती कुरा यहाँ खुलस्त राख्न चाहन्छु । जुन यसप्रकार छन् :
देशभर ‘शून्य बाँकी फाइल’ अभियान
सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
हक्कीको राष्ट्रिय टिम र जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय हक्की टिम र खेलाडीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ०७ पैसा र बिक्रीदर १४८ रुपियाँ ६७ पैसा तोकिएको छ ।