आन्दोलनको निसानामा बालबालिका
सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरिएको दुई दशकभन्दा बढी भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । यसकारण हरेक प्रकारका आन्दोलनको मारमा विद्यालय र त्यहाँ पढ्ने कलिला बालबालिका पर्ने गरेका छन् ।
एचपिभी खोप नियमित सञ्चालन
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।
सुनकोशी–मरिणको मूल्याङ्कन सुरु
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ ।
जलेकामध्ये साढे सात हजार मिसिल प्राप्त
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् ।
महाधिवेशनपछि पनि गुट भेला हानिकारक हुन्छ : नेता ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनले नेतृत्व अनुमोदन गरिसकेकाले छुट्टै भेला बसाउनु पार्टीका लागि हानीकारक भएको बताउनुभएको छ । नेता ईश्वर पोखरेल समूहको अलग्गै भेलालाई लक्षित गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्यः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाको २९ वडामा सीसी क्यामरा जडान
भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक र मूल सडकमा सीसी क्यामरा जडान गरी निगरानी बढाउने तयारी गरिएको हो ।
जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै
पछिल्लो केही वर्षयता जापानिज इन्सेफलाइटिस (जेई) बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
बिसीको पुस्तक ‘विवेचना’ सार्वजनिक
लेखक डिल्लीबहादुर बिसीको कृति विवेचना सार्वजनिक गरिएको छ ।
लगुवित्त तथा मिटर ब्याज पीडितको प्रदर्शन (फोटो फिचर)
सोमबार काठमाडौँ रत्नपार्क शान्तिबाटिका क्षेत्रमा लगुवित्त तथा मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् ।
नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी
सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।
दोलखाको पशु सेवा कार्यालय : जग्गा छ, भवन छैन
दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ ।
७० औँ बार स्थापना दिवस मनाइयो
नेपाल बार एसाेसिएसनले आज ७०औँ स्थापना दिवस मनाएको छ ।
भरतपुरमा कविता तथा संस्कृति विमर्श गोष्ठी
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ ।
ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई
ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ ।
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ ।
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।
नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।
मुग्लिङ–मलेखु सडकखण्ड,चार पुल सम्पन्न, दुई वटा बन्दै
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका छ वटामध्ये चार वटा पुलको निर्माण पूरा भएको छ । निर्माण पूरा भएका पुलमा एप्रोच सडक निर्माण धमाधम भइरहेको छ भने हुग्दी