निर्वाचन लक्षित सुरक्षा : रसुवा कारागारमा सेना परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै रसुवाको सदरमुकाम धुन्चेस्थित कारागार कार्यालयको सुरक्षामा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ ।
मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताउनुभएको छ ।
पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थान पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
दशरथ रङ्गशालामा पहिलो पटक राष्ट्रिय हक्की
दशरथ रङ्गशालामा पहिलो पटक फागुन ४ देखि ११ गतेसम्म राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।
महिला जनप्रतिनिधिलाई जिताउन आग्रह
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सन्जाल (सङ्कल्प)ले आगामी फागुन २१ गते हुने निर्वाचनमा महिलालाई जिताऔँ भन्ने अभियानको सन्दर्भमा सरोकारवालासँग छलफल गरेको छ ।
पीसीएल : लुम्बिनी र मेधशलाई सफलता
प्याब्सन लुम्बिनी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शुक्रबार सफलता हासिल गरेका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन कोशीलाई चार विकेटले हरायो ।
मिनी म्याराथनमा बकैयाका गोले प्रथम
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा बकैया–५ का राजकुमार गोले प्रथम हुनुभएको छ ।
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ ।
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना सङ्कलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिनुभएको छ ।
आइतबारसम्म मतपत्र छपाइ सकिने
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिनुभयो ।
समाजवादको नयाँयात्रा सुरु गर्ने अध्यक्ष दाहालको सङ्कल्प
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा र शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताउनुभयो ।
यस्तो छ आज सुनचाँदीको मूल्य
स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।
खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश
नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसमा आबद्ध हुन आह्वान
गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ ।
७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान
काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पाँचौ संस्करणका न्यायिक सहजकर्ताहरुलाई परिचालन गर्दैछ । यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरिसकेका इच्छुक विद्यार्थीहरुलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ ।
ठगीको अभियोगमा तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
लुमनाङ जहाँ दलहरू पुग्दैनन् भोट माग्न
यसअघि र अहिले हुन गइरहेको निर्वाचनको मतदाता शिक्षा नपाएका दोलखाको उत्तरी दूरदराजका मतदाताले चुनावका बारेमा खासै चासो लिएका छैनन् । चुनावकै बारेमा अनभिज्ञ रहेका उनीहरूले मतदाता शिक्षा नै नपाएपछि चुनावप्रति खासै चासो नरहेको बिगु गाउँपालिका–१, लुमनाङका ६८ वर्षीय काञ्चोक शेर्पाको गुनासो रहेको छ ।
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ ।
सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षाः पुँजीगत खर्च बढाइनुपर्नेमा जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म
मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनः प्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति....
विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।