नेपालमा सूचना र प्रविधि : पछिल्लो दशक स्वर्णिम युग
पछिल्लो एक दशकको अवधिमा सूचना र प्रविधिमा नेपालीको पहुँच उल्लेख्य मात्रामा वृद्वि भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग, व्यक्तिगत सरसफाइ, सामुदायिक र व्यक्तिगत स्वास्थ्यमा नागरिक सचेत हुँदै उच्च मानवीय जीवनयापन गर्नेतर्फ अग्रसर भएको पनि पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणबाट प्राप्त नतिजामा त्यस्तो तथ्याङ्क देखिएको हो । यसले मानवीय र क्षमता विकासमा नेपाली नागरिक व्रmमिक रूपमा उच्च तहमा पुग्दै गएको स्पष्ट हुँदै गएको छ ।
सामुदायिक विद्यालयमा ‘साना डाक्टर’
स्कुले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्यदूतका रूपमा विकास गरिने बताइएको छ । महानगरका अनुसार विद्यार्थी स्वयम्, उसको परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमको छ ।
दलित अधिकार विधेयक : महिनाभित्रै मसौदा
संवैधानिक व्यवस्थाबमोजिमका अधिकार सुनिश्चित गर्ने कानुन नहुँदा दलित समुदाय आफ्नो अधिकारबाट वञ्चित भएका छन् । संविधान जारी भएको करिब एक दशक बितेको छ । संविधानमा सुनिश्चित मौलिक हक कार्यान्वयनका लागि कतिपय कानुन बने, कतिपय अझै बनेका छैनन् । नबनेका कानुन अन्तर्गत दलितको हकलाई समेट्ने विषय पनि छन् । कानुन अभावमा संविधानले सुनिश्चित गरेको विशेष व्यवस्था कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि सरकारले अबको एक महिनाभित्र दलितको हक सुनिश्चित हुने कानुनको मसौदा तयार गरी विधेयकको रूप दिने तयारी गरेको छ । मौलिक हक कार्यान्वयनका लागि समेत कानुन आवश्यकता ध्यानमा राखेर सरकारले दलितको अधिकार सुनिश्चित हुने कानुनको मसौदा तयार गर्न लागेको हो ।
मतपत्र छपाइ अन्तिम चरणमा
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
वीरता र गौरवका अनेक गाथा
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।
महाशिवरात्रि : पशुपतिमा ६ हजार सुरक्षाकर्मी परिचालन, गृहमन्त्रीद्वारा निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता र सुरक्षाका लागि भएका तयारीबारे उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।
तनहुँका उम्मेदवार भन्छन्– ‘जेनजी’ को भावनाअनुसार काम गर्छौँ
नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं २ का उम्मेदवार शङ्कर भण्डारीले नयाँ पुस्ता (जेनजी) को भावना र मागलाई सम्बोधन गर्दै जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।
पत्रकार किशोर श्रेष्ठसहित तीनजना सम्मानित
'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार' बाट जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठसहित तीन जना सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट राष्ट्रका लागि विशिष्ट योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गरिएको हो ।
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल
महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ।
निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्नेलाई कारबाही गर्न माग
निर्वाचनका समयमा विभिन्न बहानामा बालबालिकाको प्रयोग, दुरुपयोग वा उनीहरूमाथि हुने दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरोकारवालाले माग गरेका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ ।
‘क्षणिक लोकप्रियताले दीर्घकालीन असर पार्छ’
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले क्षणिक तथा भावनात्मक लोकप्रियताले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि प्रभाव पार्न सक्ने बताउनुभएको छ।
गोरखापत्रकर्मी श्रेष्ठलाई मातृशोक
गोरखापत्र संस्थानका कर्मचारी राजेन्द्र श्रेष्ठको ममतामयी आमा चिजकुमारी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पीडित उहाँको शुक्रबार निधन भएको हो।
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मिल्सबेरी काष्ठमण्डप बास्केटबल च्याम्पियन
उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए–लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विपन्न परिवारलाई किरिया खर्च
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । पालिकाले गत आर्थिक वर्षबाट प्रतिपरिवार २० हजार रुपियाँका दरले सहयोग प्रदान गर्दै आएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।
आज मध्यान्नसम्म तराईमा हुस्सु र कुहिरो लाग्ने
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजपाले सार्वजनिक गर्यो घोषणापत्र
आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
काठमाडौँ - १ : सबै उम्मेदवारको जित्ने आ-आफ्नै दाबी
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।
‘भक्तपुरलाई स्वास्थ्य र शिक्षामा सशक्त बनाउँछौं’
नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अबको प्राथमिकता भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार गर्नु रहेको बताउनुभयो ।
निर्वाचन लक्षित सुरक्षा : रसुवा कारागारमा सेना परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै रसुवाको सदरमुकाम धुन्चेस्थित कारागार कार्यालयको सुरक्षामा नेपाली सेनाको टोली परिचालन गरिएको छ।