जुम्लाको शेरा खेतमा रोपाइँ
जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो ।
बाँकेका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री वितरण
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ ।
दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क
प्रवीण कुमार शर्मा चन्द्रपुर (रौतहट), जेठ १४ गते । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क गरेको हो । कूल दुई सय ५३ किसानले प्रयोग गरेका कृषि महसुल बापतको ६ लाख ९२ हजार ८२२ रुपियाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले मङ्गलवार विद्युत् प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राम अयोध्या रायलाई चेक हस्तान्तरण गर्नुभयो । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले २०८१ फाल्गुन महिना सम्मको बक्यौता कृषि विद्युत् महसुल तिरेको बताउनुभयो । राजपुरका किसानले विद्युत् ‘हुकिङ’ नगरुन् साथै भूमिगत सिचाइको माध्यमबाट कृषि उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख डाक्टर आलमले जानकारी दिनु भयो । नगर प्रमुख आलमले भन्नु भयो ,“ यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ, आगामी दिनमा यो कार्यले निरन्तरता पाउने छ ।कृषि बिद्युत् महसुल नगरपालिकाले तिरी दिए पछि आगामी दिनमा नगरभित्रका बाँकी किसान पनि सिचाइका लागि कृषि मिटर प्रयोग गर्ने सम्भावना बढेर जाने नगरपालिकाले जनाएको छ । भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेको बेलामा नगरपालिकाले विद्युत् महसुल तिरेर राहत दिएको राजपुर–१ का किसान राम एकबाल राय यादवले बताउनु भयो ।
गोरदी र बयलीमा रोपियो तीन सय स्याउका बिरुवा
जिल्लाको तमानखोला गाउँपालिका वडा नं. ४ लामेलामा कृषिसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणसँगै तीन सय स्याउका बिरुवा रोपिएको छ । लामेलाको गोरदी र बयलीमा रहेको सार्वजनिक जमिनमा घेराबार लगाई स्याउका बिरुवा रोपिएको वडा अध्यक्ष छवि श्रीपालीले जानकारी दिनुभयो ।
बाजुरामा धान रोपाइँ सुरु
बाजुराका अधिकांश किसानले जेठको पहिलो सातादेखि धान रोपाइँ सुरु गरेका छन् । खोला किनार तथा सिँचाइको सुविधा भएका ठाउँमा किसानले जेठको पहिलो सातादेखि रोपाइँ सुरु गरेका हुन् ।
वर्षाले बारीमै नष्ट हुँदैछ कृषकको काँक्रा
वैशाख र जेठ महिनामा परेको पानीले छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गका ४० बर्षीय बिष्णुप्रसाद भण्डारीको बारीमा लगाएका काँक्रा नष्ट हुने अवस्थामा छ ।
बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ
पर्वतको दक्षिणी भेगमा पर्ने बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ छ ।
बागवानीको आँप ५३ लाखमा ठेक्का
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो ।
अनुदानमा धानको बिउ
रौतहटको गुजरा नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम
लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।
चिया उत्पादनमा सुधार
निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् ।
तरकारीमा आफूखुसी विषादी प्रयोग
व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानले उत्पादन बढाउन आफूखुसी कीटनाशक विषादी प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
जुम्ली मार्सीको नयाँ जात, स्वाद उस्तै
जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको छ ।
बाढीपहिरोले धानको बेर्नामा क्षति
बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्याएको हो ।
उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती, राजनीतिमा पनि सक्रिय
पर्वत, जेठ ९ गते । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि या अन्य पेशालाई चटक्कै छाडेर भ्रष्टचार गरी आम्दानी गर्ने लोभतिर लागेको पाइन्छ तर यो उदाहरणको विपरीत निर्वाचित जनप्रतिनिधिसँगै जनताको काम सकेर कृषि पेसा अँगाल्ने उदाहारण पनि भेटिएको छ । पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू. पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ । उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू. सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”कृषिकर्म गरेर कोही पनि सानो नहुने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।” क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु. पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू. छ करोड भित्रिने गरेको छ ।
कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग
भवानी दत्त भट्टकञ्चनपुर, जेठ ९ गते । कञ्चनपुरमा कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा योजना सञ्चालनमा चुनौती थपिएको भन्दै सरोकारवाला निकायले कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग गर्नुभएको छ । कृषिको यकिन तथ्याङ्क उपलब्ध भए आगामी वर्षका लागी कृषिका कार्यक्रम सञ्चालनमा सहजता हुने भन्दै कृषि सँग सम्बन्धित सरोकारवाला निकायले कृषि क्षेत्रको वास्तविक तथ्याङ्क उपलब्ध गराउन पालिका प्रमुखहरू सँग माग गरेका हुन् । बिहीबार महेन्द्रनगरमा कृषि ज्ञान केन्द्र कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको कृषि तथ्याङ्क अद्यावधिकका लागि कृषि सर्वेक्षण सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित विभिन्न पालिका प्रमुखहरू सँग छलफल गरिएको कार्यक्रमका अध्यक्ष कृषि व्यवसाय पर्वद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले आगामी आर्थिक वर्षमा मासु निर्यात, खोप, बजारीकरण, दूध ढुवानीका लागी सवारी साधन, एक पालिका एक कार्यक्रम लगायतका कार्यक्रमहरू जिल्लामा सञ्चालन गरिने बताउनुभयो । जसका लागी कृषिको यकिन तथ्याङ्क सङ्कलनका लागी सरोकारवाला निकायहरू सँग छलफल गरिएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अनुदानका नाममा वास्तविक कृषकलाई वञ्चित नगरिनुपर्ने बताउनुभयो ।कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले कृर्षि क्षेत्रको विकास लागि आवश्यक पर्ने वास्तविक तथ्याङ्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । बेदकोट नगरपालिकाका मेयर बोहराले ज्ञान केन्द्रबाट अनुदान आए झन् सहज हुने बताउनुहुँदै नगरपालिकाले भने कृषकहरूलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषि उत्पादकत्व बढाउन नहर तथा सिचाई क्षेत्र थप व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । हाल जिल्लामा कृषकहरूको यकिन तथ्याङ्क नहुँदा वास्तविक कृषकहरू अनुदानबाट वञ्चित हुँदै आएका छन् । कृषि उपाकत्व बढाउन सके कृषकहरूले स्वदेशमै मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषिको यकिन तथ्याङ्क सङ्कलन गरी आगामी वर्षमा कृषकहरूलाई आवश्यक अनुदान उपलब्ध गराइनुपर्ने कार्यक्रममा सहभागीहरूले माग गर्नुभएको छ ।
बेनीका किसानलाई कृषक पाठशालामार्फत खेती गर्न सिकाइँदै
बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
धनियाँमा अत्यधिक विषादी
काठमाडौँ, जेठ ७ गते । देशको ठुलो तरकारी बजार काठमाडौँको कालीमाटीमा भित्रिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काभ्रेबाट मङ्गलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा विषादी भेटिएको छ । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोगयोग्य नरहेकोे कालीमाटी प्रहरीको सहयोगमा समितिले नष्ट गरेको जनाएको छ । विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा हरियो धनियाँमा उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुुभयो ।
मुगुका किसानलाई जौ भित्र्याउन चटारो
मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो ।
विषादि प्रयोग गर्ने किसानको अनुदान रोकिने
जुम्लाको तातोपानी गाउँपालिकाले विषादी प्रयोग गर्ने किसानलाई अनुदान रोक्ने भएको छ । धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
जुम्लामा मार्सीधान रोपाइँ सुरु
जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।