नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको पत्र अचानक बाहिर आएको बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा विदेशी सेना आउने कुरामा सत्यता नरहेको बताउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उहाँले आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक एवम् अनौपचारिक क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौं, जेठ २५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्रीलाई छ महिनाको समय दिइएको खुलाउनुभएको छ।काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित विद्यार्थी विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीका मन्त्रीले आठ महिनासम्म बसेर काम गरिसक्नुभएको बताउनुभयो। सरकारमा हुँदा राम्रा काम गर्नुभएका मन्त्रीलाई धन्यवाद दिनुहुँदै उहाँहरुले पार्टीको निर्णयभन्दा तलमाथि जान नसक्ने बताउनुभयो।“छ महिनाको अवधि दिइएको थियो, आठ महिनासम्म काम गर्ने अवसर मिलेको छ। ज-जसले राम्रो काम गरेका छन्, सबैलाई धन्यवाद। उहाँहरुले पार्टीको निर्णय पालना गर्ने र मन्त्रीको लोभ छैन, हामी कुर्सीमा टाँसिनेवाला छैनौं भनेर भनिसक्नुभएको छ”, उहाँले भन्नुभयो।उहाँले संविधानलाई मास्ने प्रवृत्ति रोक्न राजनीतिक कोर्स परिवर्तन गर्नुपर्ने स्थिति बनेको र कम्युनिष्ट पार्टीभित्रको गलत प्रवृत्तिको मुकाबिला गरेको बताउनुभयो। “यसका लागि गठबन्धन कायम गरेका छौं। कति फाइदा र नोक्सान भएको विवेचना गरेका छौं। तर, अवश्य फाइदा भएको छ, पोखरा महानगरमा शानदार जित हासिल गरेका छौं।”, उहाँले भन्नुभयो, “कमजोरी के भयो भने गठबन्धनको भरोसा धेरै गर्यो र कतिपय ठाउँमा धोका पनि पायौं।”उहाँले आगामी दिनमा पार्टी निर्माणसँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुट्नुपर्नेमा जोड दिनुभयो। संसदीय निर्वाचन मंसिरमा हुने कुरा ध्यानमा राखेर चुनाव चिह्नबारे जनतालाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो। गठबन्धनको भविष्य छैन भनेर कुप्रचार भइरहेको भन्नुहुँदै उहाँले आपसी अविश्वास कसरी बढोस् भनेर अनेक चलखेल भएको हुनसक्ने समेत प्रष्ट्याउनुभयो। तर, इमानदारीता र अडानपूर्वक गठबन्धनलाई अगाडि बढाइने उहाँले बताउनुभयो।
महिनौ देखि उठ्न नसकेर उपत्यकाको सडकसडकमा थुप्रिएको फोहोर मङ्गलबारदेखि उठ्न सुरु भएको छ । सोमबार भएको शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मागहरु माथि प्रतिवद्धता जनाएसँगै उपत्यकाको फोहोर उठ्न थालेको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेबाछ कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।
काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गर्नुभयो ।सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी हुनुभएको छ ।सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा र एमालेका नवीन नकर्मी निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ ।
काठमाडाैं, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार छ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै पाँचवटै महानगरकाे नतिजा सार्वजनिक भएकाे छ । साे नतिजामा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस दुई, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)काे एक/एक वटा महानगरमा विजयी भएकाे हाे ।प्रदेश नं . १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी हुनुभयो । कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ म प्राप्त गर्नुभयो ।निर्वाचन आयोगका अनुसार सो महानगरकाे उपप्रमुखमा एमालेका शिल्पा कार्की २५ हजार ६८० मतसहित विजय हुनुभयो भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउनुभयो ।मधेश प्रदेश अन्तर्गत पर्साको वीरगञ्ज महानगर प्रमुखमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी हुनुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो । सो महानगरको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी हुनुभयो । बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याउनुभयो । महानगर उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २५ हजार ८४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ५५२ मत प्राप्त गर्नुभयो ।चितवनको भरतपुर महानगर प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मतसहित विजयी हुनुभयो । दाहालका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले ३० हजार ६११ मत प्राप्त गर्नुभयो ।गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८९३ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।काठमाडौं महानगरपालिको भने मतगणना अझै जारी छ । काठमाडौं निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार एक लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत छ । काठमाडौं महानगरको ३२ वडामध्ये २७ वटा वडाको मतपरिणाम घोषणा भइसकेको छ भने अहिले वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी छ । काठमाडौं महानगरको बिहीबार दिउँसोसम्ममा मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतक प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो ।
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।
काठमाडौं महानगरपालिका प्रमुखमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उममेदवार बालेन शाह फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। आइतबार दिउँसो ४:३० सम्म एक लाख दस हजार ८६० मतगणना भइसक्दा बालेनले ४० हजार ५१ मत प्राप्त गर्नुभएको छ।
देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ ।