नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।
नेपाल, भारत र बंगलादेश गरी तीन देशका बालबालिकाको चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ ले सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।
नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि कार्ड छपाईको काम सम्पन्न भइ वितरण कार्य सुरु भएको छ ।
नवपुस्ता (जेनजी) अभियन्ताले महिलाको सक्षमतामाथि सवाल उठ्नेगरेको बताएका छन् । त्यसो त, बद्लिदो परिस्थितिसँगै हिंसाको स्वरुप पनि बदलिँदै गएको उनीहरुको भनाइ छ । एकातर्फ, शारिरीक एवम् प्रत्यक्षरुपमा हुने हिंसा र अर्कोतर्फ अनलाइन वा डिजिटलमार्फत हिंसा बढ्दो अवस्थामा रहेको उहाँहरुको बुझाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहेको तर सहमतिबाट नेतृत्व चयनको प्रयास रहने बताउनुभएको छ।
राष्ट्रिय महिला आयोगको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ सय दुई वटा उजुरी तथा निवेदन दर्ता भएका छन् ।
आदिबासी जनजातिका अगुवाले जेनजीसँग साझा मुद्दामा सहकार्यका लागि ऐक्यबद्धता व्यक्त गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि पाँच दिन म्याद थप भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जेनजी पुस्ता उत्साहित देखिन्छन् ।जेनजी प्रतिनिधि हिक्मत तिमल्सिना यसअघि जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनमतको सदुपयोग गर्न नसकेको बताउनुहुन्छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा विशेष गरी २५ वर्षभन्दा कम उमेरका युवाको उत्साहजनक सहभागिता देखिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजाति समुदायको अधिकार प्रभावकारी कार्यान्वयनका लागि ऐन निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच पार्टी एकताको चर्चा चुलिएसँगै नेताहरू छलफलमा जुटेका छन् ।