युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उहाँको कामले निर्धारण गर्ने बताउनुभएको छ ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ ।
पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर हिट चरणबाटै बाहिरिनुभयो ।
नेपाल घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने काभा महिला नेसन्स लिग भलिबलको उपाधि जित्ने लक्ष्य लिएको छ ।
पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल पराजित हुनुभएको छ ।
हरेक चार वर्षमा आयोजना हुने ओलम्पिकले ३३औँ संस्करण छुँदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा केबल सहभागितामै रम्दै आएको नेपाल खेलको नाममा खेल पदाधिकारीको जम्बो टोली भ्रणम गराउनमा भने हरेक संस्करणमा अगाडि देखिन्छ ।
३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।
नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।
नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ ।
सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोज्नुभएको छ । समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए