• १८ माघ २०८२, आइतबार

बङ्गलादेश महिला टी–२० विश्वकप ग्लोबल छनोट च्याम्पियन

blog

बङ्गलादेशका खेलाडी ।

काठमाडौँ, माघ १८ गते । बङ्गलादेश अपराजित रहँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बनेको छ ।

सुपर सिक्सअन्तर्गत आइतबार भएको खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई सात विकेटले हरायो । बङ्गलादेश समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो । बङ्गलादेश र नेदरल्यान्ड्स यसअघिनै विश्वकपमा छनोट भईसकेका थिए । 

जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय तीन रनको लक्ष्य बङ्गलादेशले १६.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

यसअसिघ पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो । 

आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्ड छनोटबाट बाहिरिएको छ ।

यस्तै आइतबार नै भएको खेलमा अमेरिकालाई ४१ रनले हराउँदै स्कटल्यान्ड  पनि विश्वकपमा छनोट भएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

सुपर सिक्सबाट चार टोली सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएका छन् ।