अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो । दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चार नजिक पुगेको हो ।
फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हरायो । यससँगै टी–२० विश्वकपमा सन् २०२४ देखि भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
समूहमा लगातार तेस्रो हार खेपेसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।
वेस्ट इन्डिज नेपालका लागि अर्को बलियो प्रतिद्वन्द्वी हो । लगभग सुपर आठको सम्भावना सकिएको नेपालले वेस्ट इन्डिजलाई हराएर आफ्नो शाख जोगाउने अपेक्षा गरिएको छ ।
कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।
पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३:१५ बजे सुरु हुनेछ ।
आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ ।
स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा इटालिमाथ सहज जित निकालेको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा सोमबार भएको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो ।
मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो ।
तेस्रो पटक आइसिसी टी–२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आइतबार बलियो इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ ।
नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । नेपालले विश्वकप अघिको अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो ।
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले आज अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
बङ्गलादेश अपराजित रहँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बनेको छ ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टोली चीनलाई ३–१ गोलले हरायो ।