नेपाली टोलीका अनुभवी बलर सोमपाल कामीले सोचेको भन्दा कम स्कोर बनाउँदा हार खेपेको बताउनुभएको छ ।
भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।
नेपाली क्रिकेट टोलीलाई मैदानमा जब सङ्कट पर्छ । टोलीलाई उद्धार गर्ने काम अलराउन्डर दीपेन्द्रसिंह ऐरीको काँधमा आउँछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ । आइसिसी टी–२० विश्वकपको पूर्वसन्ध्यामा रोहितले भन्नुभयो, “विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनुभएको छ । हामी सुखद नतिजा निकाल्न आतुर छौँ । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ का रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ ।
आइसिसी टी–२० विश्वकप अन्तर्गत पहिलो ‘वार्मअप’ खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।
नेपालका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक–२०२४ मा छनोट हुनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति खेलाडी टोलीको बिदाइ गरेको हो ।
एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो ।
नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ ।
नेपाली खेलकुदका लागि २०८० साल सहभागिता र उपलब्धिको हिसावले पनि थप महत्वपूर्ण बन्यो । चीनको होङझाओमा असोजमा भएको एसियाडमा नेपालले २९ खेलमा दुई सय ५३ खेलाडी सहभागि गराएको थियो । ठूलो प्रतियोगितामा नेपालको यो अहिलेसम्मकै ठूलो सहभागिता हो ।
आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।