कतारमा जारी २२औं फिफा विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै विश्वकपमा नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।
समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।
विश्वकपमा कडा प्रतिस्पर्धासँगै फिफाले यस विश्वकपमा अघि सारेको अफसाइड प्रविधि र इन्जुरी समय भने दर्शकका लागि टाउको दुखाई बनेको छ । हरेक खेलमा औसत ७ देखि १० मिनेट इन्जुरी (थप) समय थपेपछि नतिजा उल्टने क्रमले विश्वकपको चर्चासँगै आलोचना समेत भईरहेको छ ।
चार पटकको विश्वकप विजेता जर्मनीलाई कतारमा जारी विश्वकप फुटबलमा एसियाली देश जापानको नमिठो धक्का लागेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको समूह ‘ई’ को खेलमा जापानले जर्मनीलाई २–१ गोलले हरायो ।
उपाधि दावेदार अर्जेन्टिना कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा एसियाली देश साउदी अरबसँग पराजित भएको छ । लुसेल आइकोनिक स्टेडियममा मंगलबार साँझ भएको खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले स्तब्ध भयो ।
इङ्ग्ल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार साँझ भएको खेलमा इङ्ग्ल्यान्डले एसियाली देश इरानमाथि ६-२ गोलको सानदार जित निकाल्यो ।
विश्व फुटबलको महाकुम्भ मेला २२औँ विश्वकप फुटबल आज (आइतबार) राति कतारको दोहामा भव्य समारोहबीच सुरु हुँदैछ ।
विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप’ को २२औं संस्करण आइतबार रातिदेखि एसियाली देश कतारमा सुरु हुँदैछ । एक महिना चल्ने विश्वकपमा विश्व फुबटल महासंघ (फिफा) मा आवद्ध दुई सय ११ देशबाट छनोट भएर आएका ३२ टोलीले आफ्नो फुटबल कला प्रदर्शन गर्दैछन् ।
ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा खराब सुरुवात गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
अंकित सुवेदीले सतकीय इनिङ्स खेलेपछि प्रदेश–१ ले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हरायो ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश–१ लाई सात विकेटले हरायो ।
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो ।