शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १० गते । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा बङ्गलादेशलाई हराएको छ ।
यसअघिनै उपाधि होडबाट बाहिरिएको नेपालले नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा शनिबार भएको पाँचौँ तथा अन्तिम खेलमा बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।
नेपालको जितमा विक्रान्त नरसिंह रानाले दुई तथा लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले एक एक गोल गर्नुभयो ।