नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ।
पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा स्टलमा राखिएका खानेकुराले मन तानिहाल्छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।
म्याग्दीका २० जना किसानलाई पुरस्कृत गरिएको छ। बेनीमा सञ्चालित एघारौं माघे सङ्क्रान्ति मेला तथा कृषि प्रदर्शनीमा सहभागी भएका उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत गरिएको हो।
तामाङ समुदायले २८६२औं सोनाम ल्होछार टुँडिखेलमा मनाउने भएको छ। तामाङ समुदायले सोनाम ल्होसार माघ ५ गते टुँडिखेलमा मनाउन लागेको हो।
सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि बझाङको अधिकांश बस्ती अझै अँध्यारोमै रहेको छ ।
नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।
नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् ।
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् ।
चीनको रकेट ‘लङ मार्च-१२बी’ ले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकास कर्ताले जनाएको छ ।
चीनले आगामी पाँच वर्षमा कृषि आधुनिकीकरणलाई तीव्र गतिमा अघि बढाउन विशेष नमूना क्षेत्र स्थापना गर्ने योजना सार्वजनिक गरेको छ ।
अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट सङ्क्रमित भएका छन् ।