गुल्मीको रेसुङ्गा नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ। नगरपालिकाले आयोजना गरेको स्थानीयतह स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्याल, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको हो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो ।
सल्यानमा एक वृद्ध घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, गतेर्ना निवासी अन्दाजी ८० वर्षका कर्णबहादुर बोहरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
सल्यान जिल्लामा विभिन्न मुद्दामा अदालतबाट सजाय फैसला भई फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ गतेको निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ । नवनिर्वाचित सभापति गग
सप्तरीको महादेवा गाउँपालिका २ स्थित अकबरपुर टोलमा शनिबार आगलागी हुँदा दस लाखको क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०२५ मा ५० देशका ४
गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको समय थप गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।