• ४ माघ २०८२, आइतबार

सल्यानमा घरमै अवस्थामा वृद्ध मृत फेला

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ ४ गते ।
सल्यानमा एक वृद्ध घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, गतेर्ना निवासी अन्दाजी ८० वर्षका कर्णबहादुर बोहरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार शारीरिक रूपमा केही अशक्त रहनुभएका बोहरा शुक्रबार बेलुकी एक आफन्तसँग मदिरा सेवन तथा खाना खाई सुत्नुभएको थियो । उहाँ सुतेकै अवस्थामा मृत फेला पर्नुभएको हो ।

प्रहरीका अनुसार बोहराका चार जना छोरा रोजगारीका लागि भारतमा रहेकाले उहाँ छोरा र नातिनी बुहारीसँग बस्दै आउनुभएको थियो । मृत अवस्थामा फेला परेका बोहराको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।