तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), माघ ४ गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०२५ मा ५० देशका ४६ हजार ३०७ जना, भारतीय १९ हजार २१ र नेपाली ४२ हजार ६३० गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेका हुन् ।
लुम्बिनी विकास कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यका अनुसार म्यान्मार, भियतनाम, थाइल्यान्ड, श्रीलङ्का, चीन, अमेरिका ताइबान, दक्षिण कोरिया, मलेसिया, फ्रान्स, रुस, न्युुजिल्यान्डलगायतका मुलुकका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
तिलौराकोटमा सुरु गरिएको उत्खननपछि विदेशी पर्यटक निरन्तर बढ्दै गएको उहाँको भनाइ छ । सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक
सहयोगमा पुरातìव विभागले सन् २०२४ सम्म उत्खनन गरेको थियो । कोरानाकालपछि भने सन् २०२०, २०२१ र २०२२ मा तिलौराकोटमा एकदमै न्यून पर्यटक आएका थिए ।
सन् २०२४ मा भने कुल एक लाख ५२ हजार ११४ जना पर्यटक आएका थिए । कपिलवस्तुबाहेकका जिल्ला, भारतीय र ५० देशका पर्यटक गरी सन् २०२५ मा एक लाख सात हजार ९५८ आएको उहाँको
भनाइ छ । सन् २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका थिए ।
सबैभन्दा बढी म्यान्मार, थाइल्यान्ड, कोम्बोडिया, श्रीलङ्काका बौद्धमार्गीहरू प्राचीन तिलौराकोट आएका थिए । सन् २०२५ मा सबैभन्दा बढी म्यान्मारबाट १३ हजार ७७३ र थाइल्यान्डबाट आठ हजार १५ जना तिलौराकोट आएका छन् ।
सेम्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई पर्यटक आउने सिजन मानिन्छ । डिसेम्बरमा १८ हजार ६२२ र नोभेम्बरमा २२ हजार ६४१ जना तिलौराकोट आएका छन् । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको तथा उनका पिता राजा शुद्धोधन राजाको प्रासादका रूपमा परिचित छ ।
तिलौराकोटमा गरिएको उत्खनन र विश्वसम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित गरिएपछि लगातार विदेशी पर्यटक बढ्नु राम्रो सङ्केत भएको लुम्बिनी
विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो ।
तिलौराकोटमा पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक कुरा भएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताउनुभयो । यहाँको मुख्य दरबार भग्नावशेषमा आई सुत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगवान् गौतम बुद्धको बाल्यकालको जीवन लीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्मसन्तुष्टि हुने हुँदा यहाँ बौद्ध धर्मावलम्बी आउने बौद्धमार्गी बताउँछन् ।
तिलौराकोटपछि निग्रमोधराम कुदान, धमनिया स्तूप, सगरहवा, निगालीकोट, गोटीहवा, सिसहनियाँकोटसमेत पर्यटक जाने गरेका छन् । विदेशी पर्यटक बढे पनि होटेल तथा पर्यटन व्यवसायी भने निराश छन् । तिलौराकोटमा आएका पर्यटक सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन् । तिलौराकोट आएका पर्यटकको बसाइ र व्यतीत गर्ने संयम बढाउने
किसिमले पूर्वाधार र सुन्दरीकरण गर्नुपर्ने तिलौराकोट होटेलका सञ्चालक किरण भुसालले बताउनुभयो ।
पुरातìव विभागले तिलौराकोट दरबार क्षेत्रमा जग्गा अधिग्रहणको कामसमेत तीव्र रूपमा अघि बढाएको पुरातìव विभागका वरिष्ठ पुरातìव अधिकृत रामबहादुर कँुवरले बताउनुभयो । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुराताìिवक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।