कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको १९ औँ अधिवेशन माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ।
मकवानपुरका महिला जनप्रतिनिधिले स्थानीय तहमा वन, वातावरण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय गणेशबहादुर कामीले श्रीमती ६५ वर्षीया पम्फा कामीको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा ‘श्रष्टा अधिकार तथा वर्तमान संगीत बजारमा विकृति र विसंगतिहरुको न्युनिकरण’ माथि छलफल कार्यक्रम सम्पन्न भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) आफ्नो ११ औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कोशी प्रदेशको विराटनगरमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासचिव दिवस राईले बताउनुभयो ।
मानव अधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा प्रतिनिधिसभाको चुनाव हुनु पर्ने बताउनु भएको छ ।
धौलागिरिको एकमात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी बनाउन ‘आदेश शृङ्खला’ नीति लागू गर्ने भएको छ ।