• ३ माघ २०८२, शनिबार

लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा चुनाव हुनु पर्छ : पहाडी

blog

लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा चुनाव हुनु पर्छ : पहाडी

विनय कर्ण

सप्तरी, माघ ३ गते । मानवअधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा प्रतिनिधिसभाको चुनाव हुनुपर्ने बताउनु भएको छ ।

वर्तमान सरकार परिस्थितिको उपज भएकाले यसलाई नलम्बयाई निर्धारित मितिमै चुनाव सम्पन्न हुनु अपरिहार्य रहेको बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय काडमाडौँले शनिबार मधेशी नागरिक समाज सप्तरीको समन्वयमा राजविराजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

फागुन २१ गतेको निर्वाचनलाई कुनै पनि बहानामा टार्न नमिल्ने भन्दै उनले प्रतिगमनकारी तत्त्वले मात्रै निर्वाचन नचाहेको उल्लेख गर्नु भयो ।

मानव अधिकार तथा शान्ति समाजकी अध्यक्ष रेणुका पौडेलले पुराना राजनीतिकदलले परिवर्तनलाई प्रभावकारी कार्यान्वयन र व्यवहारमा ल्याउन नसक्दा मुलुकमा चरम असन्तुष्टि र भ्रष्टाचार बढेको बताउनु भयो।

पूर्वनिर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका महासचिव प्रकाश शाही, मधेशी आयोगका सदस्य आभासेतु सिंह, प्रेस काउन्सिलका पूर्व सदस्य मुरलीप्रसाद यादव, महिला नेतृ रमिला साह सहितकाले प्रतिनिधिसभा फागुन २१ मै निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो ।