देवराम यादव
सप्तरी, माध ४ गते । सप्तरीको महादेवा गाउँपालिका २ स्थित अकबरपुर टोलमा शनिबार आगलागी हुँदा दस लाखको क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट तीनवटा घर, तीनवटा खसी–बाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामान जलेर खरानी भएको स्थानीय पूर्व गाविस अध्यक्ष दानालाल यादवले बताउनुभएका छन् ।
उहाँले समयमै स्थानीयवासीको सक्रियतामा मानवीय क्षति भने हुन पाएको बताउनुभयो ।
आगो निभाउन स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट १० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीका कारण खुल्न नसकेको भए पनि विद्युत् सर्टसर्किट वा खुला आगोबाट भएको हुन सक्ने आशङ्का महादेवा प्रहरी चौकी बथनाहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।