• ३ माघ २०८२, शनिबार

एमाले सचिवालय बैठक जारी

blog

नेकपा (एमाले) को सचिवालय बैठकमा धारणा राख्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिरः आशिस पौडेल

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ३ गते । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । 

सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाउन एमाले बैठकमा छलफल भइरहेको प्रचार तथा प्रकाशन विभाग संयोजक मिनबहादुर शाहीले बताउनुभयो ।


प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम एमालेको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले यसअघि नै नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । केहीको एकल नाम सिफारिस भएको छ, बाँकी निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ ।