नवलपुरले बुधबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावको समस्यामा परेका किसानलाई राहत भएको छ । लामो समयदेखिको रासायनिक मल अभावको समस्या नवलपुरमा समाधान हुने कृषि सामग्री कम्पनी पूर्वी नवलपरासीका शाखा प्रबन्धक शोभा न्यौपानेले बताउनुभयो ।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को निर्धारित सीमाभित्र रहन सकस महसुस गरेपछि बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकले कर्जा निक्षेपको अनुपातलाई नै संशोधन गर्न सुझाएका छन् । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउने अनुमान गर्दै यस्तो रेसियो ९० बाट ९५ प्रतिशत पु-याउनुपर्ने माग गरेका छन् ।
असार २३ गते बिहीबार बिहान घोराहीमा ‘कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार, न्यायिक समिति तथा सरोकारवालाबीच छलफल’ कार्यक्रम राखियो । ब्यानरमा राजनीतिक दललगायतको सहभागिता हुने कार्यक्रम भनिए पनि प्रमुख राजनीतिक दलका प्रतिनिधिको सहभागिता थिएन ।
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्रमा पुग्न कतिपय स्थानीयलाई दुईवटा जिल्ला पार गर्नुपर्ने बाध्यता छ । अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा सडक अवरुद्ध हुँदा स्थानीयले यस्तो सास्ती भोग्नुपरेको हो ।यही असार १६ गतेदेखि माथिबाट खसेको ठूलो ढुङ्गोका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिका केन्द्र पुर्तिघाट पुग्न स्याङ्जाको सेतीबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै जानुपर्ने हुन्छ ।
नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले सोमबारदेखि नबिल बैङ्कको कार्यालयका रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको छ ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्देशिका तयार भएको छ । पछिल्लो दस वर्षको अवधिमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले दोस्रो पटक निर्देशिका तयार पारेको हो । २०६९ सालमा पनि न्यायाधीश नियुक्तिको मापदण्ड परिषद्ले पारित गरेको थियो ।
नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स बेलायत लैजान असारको पहिलो साताभित्रै दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ टोलमा महिलाको पाठेघर खस्ने अर्थात् आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।गाउँमा महिलाको शरीरको गतिविधि र अङ्गस्थिति व्यस्तताका कारणले आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका हुन् ।
लहान नगरपालिकाले आगामी साउनदेखि स्वयंसेवक शिक्षक भर्ना गर्ने भएको छ । शैक्षिक अवस्थामा सुधार गर्न आधारभूत तहमा प्रतिकक्षा एक जना शिक्षक भर्ना कार्यक्रमअन्तर्गत १२५ जना शिक्षक भर्ना गर्न लागिएको हो ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताउनुभएको छ । प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए । अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले भन्नुभयो, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु ।”
पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन् र निकासीमा कडाइ गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी इक्युप्मेन्ट’ प्रयोग गरी हुने अवैध उत्खनन रोक्न यस्तो कडाइ गरेको हो ।कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढी बालुवा आउने भएकाले अवैध उत्खनन, सङ्कलनर ओसारपसार हुने गरेको थियो ।
बलिउड अभिनेता सलमान खान अभिनीत दबंगको सिक्वेल ‘दबंग ४’ बन्ने भएको छ । यस पटक चलचित्रलाई तिग्मांसु धुलियाले निर्देशन गर्दै छन् । तिग्मांसुले हासिल, साहेब बीबी और गैंगस्टर, पान सिंह तोमर, साहेब बीबी और गैंगस्टर रिटन्र्स, बुलेट राजा र यारा जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् । चलचित्रको पनि तिग्मांसु