• १२ असार २०८१, बुधबार

मल वितरणपछि किसानलाई राहत

blog

कावासोती (गोरखापत्र), असार २४ गते  । नवलपुरले बुधबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावको समस्यामा परेका किसानलाई राहत भएको छ । लामो समयदेखिको रासायनिक मल अभावको समस्या नवलपुरमा समाधान हुने कृषि सामग्री कम्पनी पूर्वी नवलपरासीका शाखा प्रबन्धक शोभा न्यौपानेले बताउनुभयो ।

   समयमा मल छर्न नपाउँदा धानको बोटमा राम्रो फल नबस्ने भएकाले महँगो डीएपी मल खरिद गर्नुपर्ने बाध्यता हट्दा किसानमा केही राहत मिलेको कावासोतीका नारायणी दाहालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मल नपाउँदा सक्नेले त महँगोमा किनेर राखे तर आर्थिक अवस्था कमजोर भएका किसानले चाहना भए पनि मल किन्न नसकेर मलबिना नै रोपाइँ गरेका छन् ।”

   पर्याप्त मात्रामा नपाए पनि अलि अलि पाउँदा हामी किसान खुसी हुनुपरेको छ । रोपाइ गर्न बाँकी रहेका किसानलाई सहज हुने अर्का किसान टीका महतोले बताउनुभयो । नेपाल सरकारले अनुदानस्वरूप उपलब्ध गराएको युरिया मल कृषि ट्रेडिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालीका लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।