नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
काठमाडौं, असार २९ गते । राजु गिरीले निर्देशन गर्नुभएको फिल्म 'दिलमाया २' को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय भएको हो ।राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्ममा सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सदनमा छलफल सुरु भएको छ । प्रदेश सरकार र प्रतिपक्षबीच १४ बुंदे मागमा सहमति भएपछि आजबाट सदनमा बजेटमाथि छलफल सुरु भएको हो ।
केही दिनदेखि राष्ट्रिय बाणिज्य बैङ्कमा पैसा अभावले स्थानीयलाई मर्का पर्नथालेपछि नेपाल राष्ट्र बैङ्क नेपालगञ्जले हवाई मार्गबाट आवश्यक पैसा हुम्ला पठाएको छ । बैङ्कमा पैसाको अभाव हुन थालेपछि बैंकले सीमित भुक्तानी दिइरहेको थियो ।
पूर्वी नवलपरासीमा भन्सार छलेर अवैध सामान भित्र्याउने क्रम बढ्दो छ। एकपछि अर्काे गरेर विना विलका सामाग्री भित्रिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई अशुद्ध ठान्न नहुने बताउनुभएको छ । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई उहाँले सचेत गराउनुभयो । मानव अधिकार एलाइन्सले आज यहाँ आयोजना गरेको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन बढेको छ।
कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज शीतलनिवास स्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
गैरआवासीय नेपाली सङ्घको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्ष डा. बद्री केसी नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीसँग आज भेटघाट गरेको हो ।
काठमाडौं, असार २९ गते । खगेन्द्र लामिछानेको निर्देशनमा बनेको फिल्म 'पानीफोटो'को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार लामिछानेको जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा आफ्नो हराएको छोरोको खोजीमा फिल्मका मुख्य कलाकार अनुप बराल र मेनुका प्रधान देखाइएको छ । फिल्मको कथा १० वर्षे जनयुद्धमा हराएका छोराको खोजीमा रहेका बाबुआमाको कथा प्रस्तुत गरिएको छ ।फिल्ममा अनुप र मेनुका बाहेक लेखक तथा निर्देशक लामिछाने, मेनुका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्मका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । दीपक बज्राचार्यले छायाङ्कन गर्नुभएको फिल्मको सम्पादन निमेश श्रेष्ठले गर्नुभएको हो ।फिल्म साउन १३ देखि प्रदर्शनमा आउने भएको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका –४ स्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भएपनि आगोलागीले खण्डहर भएको वर्षौं बितेपनि पुनरनिर्माण हुन सकेको छैन ।
लमजुङको बेंसीसहर नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरेकोे हो ।
कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका ९ शंकरपुरमा मंगलबार राती विपरित दिशातर्फ गुडिरहेका सु.प.प्र.०१–००९ प. ७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।