• १३ साउन २०८१, आइतबार

पैसा अभाव हुन नदिन राष्ट्र बैंकले पठायो पैसा

blog

राजन रावत

हुुम्ला, असार २९ गते । केही दिनदेखि राष्ट्रिय वाणिज्य बैङ्कमा पैसा अभावले स्थानीयलाई मर्का पर्नथालेपछि नेपाल राष्ट्र बैङ्क नेपालगञ्जले हवाई मार्गबाट आवश्यक पैसा हुम्ला पठाएको छ । बैङ्कमा पैसाको अभाव हुन थालेपछि बैंकले सीमित भुक्तानी दिइरहेको थियो ।  

बाणिज्य बैङ्क सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले एक हप्ता अघि माग गरिएको पैसा बुधवार हवाई मार्गबाट आइपुुगेको बताउनुुभयो । जिल्लाबाट तीस करोड रुपियाँ माग गरिएकोमा त्यति नै पैसा राष्ट्र बैङ्कले पठाएको उहाँले जानकारी दिनुभयो । 

वाणिज्य बैङ्कले जिल्लाका अन्य बैङ्कलाई पनि भुक्तानी दिनुुपर्ने भएकाले पैसा अभाव देखिएको प्रबन्धक शाहीले बताउनुभयो । आजसम्म पैसाको अभाव भएको भएख पनि अब सो समस्या समाधान हुने उहाँले बताउनुुभयो । 

बिहीबारबाट सेवाग्राहीले आवश्यकताका आधारमा आफ्नो पैसा निकाल्न सक्ने उहाँको भनाइ छ । आज एक जनालाई नौ लाख ९९ हजारसम्म बैङ्कले भुुक्तानी दिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष सम्पन्न भएको र सङ्घ, प्रदेश र स्थानीय तहबाट विकासे योजनाको भुक्तानी भएका कारण पैसा अभाव भएको बैंकको भनाइ छ ।