• २७ पुस २०८१, शनिबार

नेप्से परिसूचक ५९.५४ अङ्कले वृद्धि

blog

काठमाडौं, असार २९ गते। पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन बढेको छ। 

बुधबार नेप्से परिसूचक ५९.५४ अङ्कले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अङ्कले बढेको छ।

बुधबार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपियाँमा कारोबार भएको छ। मङ्गलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ। मङ्गलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो। 

बुधबार नेप्सेका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अङ्कले बढेको छ भने व्यापार उपसमूह ५.३९, जलविद्युत ४.७१, अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ। 

बुधबारको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र  कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा शिवम सिमेन्टले ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।