• २३ वैशाख २०८१, आइतबार

दैनिक बढ्दै सङ्क्रमित

थप २०६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित एक हजार नाघ्यो

blog

काठमाडौं, असार २९ गते । नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सहप्रवक्ता अधिकारीले देशभर तीन हजार १७५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये दुई हजार ८२ जनाको आरटी पिसिआर गर्दा १७७ जनामा र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएकोे छ ।

बुधबार परीक्षण गरिएकामध्ये ६.४८ प्रतिशतमा कोरोना पुष्टि भएको हो । अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा कोरोना पुष्टि हुने दर बढि देखिएको डा. अधिकारीले बताउनुभयो ।

डा.अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनसिक्वासिङ गर्दा अधिकांश नमुनामा बिए टू र अन्य नमुनामा बिए वान र बिए फाइभ पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, २४ घण्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालामा सक्रिय सङ्क्रमितको सङ्ख्या १००५ पुगेको छ ।