• १३ साउन २०८१, आइतबार

५४ लाख बराबरको अवैध सामान बरामद

blog

बरामद चिनी र कपडा।

मीना कँडेल

कावासोती, असार २९ गते। पूर्वी नवलपरासीमा भन्सार छलेर अवैध सामान भित्र्याउने क्रम बढ्दो छ। एकपछि अर्काे गरेर विना विलका सामाग्री भित्रिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो। 

 जिल्लाको मध्यबिन्दु नगरपालिकामा अवैध रुपमा भन्सार छलेर ल्याएका ५४ लाख बढीको सामग्री प्रहरीले बरामद गरेको हो। प्रहरीले विना बिलको ४१८ बोरा चिनी र १९१७ पिस जेन्स सर्ट  गरेर  ५४ लाख ३६ हजार ६ सय रुपियाँ बराबरको  सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो।

 पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा अवैध सामान भेटिएको हो। बरामद समान आवश्यक कारबाहीको लागि राजस्व कार्यालय रुपन्देही पठाइएको छ।