अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको दमारबेंसीमा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट बञ्चित हुनेगरेका छन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिका लगायतका आसपास क्षेत्रमा आवत जावत बन्द हुनेगरेको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।
स्थानीय सरकारले आवश्यकताभन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरेको भन्दै जिल्लाको ठाटिकाँध गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने जनाएको छ । गाउँपालिकाको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तबीच आज सिंहदरबारमा छलफल भएको छ । संबैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रमे सुवालले दिनुभएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।
प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गते गर्नेका लागि तोकेको जानकारी दिनुभयो
लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन मिति तोकिँदै छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । २०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक राहेको बताउनुभएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।
बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
परको खोल्सातिरबाट आएको मन्द बतासको शीतलताले निधारका पसिना सुकाएपछि बिस्तारै उँभो लागेका गाउँलेहरूसँग मिसिएर अनेकौँ पटक हिँडेको छु म । कहिलेकाहीँ एक्लिएको बिसौनीमा कैयाैँ साँझहरू बिताएको छु मैले । उतिबेला त्यसको अर्थ थिएन मलाई । उतिबेला त्यहाँ बसेर लिएको माटोको बास्ना यसबेला मेरा सिर्जनामा अलिकति घोलिएको होला । त्यहाँ बसेको बेला टाढा कतैबाट आएको मुरलीको धुन यसबेला पनि सम्झिरहेँछु म ।