नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको आधारभूत ठाउँ भएको बताउनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल आबद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको जानकारी दिनुभएको छ ।
भरतपुर महानगरपालिका २७ स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न भनी गएको अवस्थामा एक युवतीलाई बाघले आक्रमणमा गरी मारिदिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् । एमाले सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
घोराही समाचारदाताघोराही, असार २ गते ।लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको विवादमा प्रदेश सरकार र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान थालेका छन् । मङ्गलबार स्वास्थ्य राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कनिवासी २७ वर्षीया मीना भण्डारी बस्नेत र छोरी एलिजा बस्नेतलाई अभद्र व्यवहार गरेको आरोपमा पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । प्रदेश सरकारले पनि घटनाको छानबिनका लागि समिति गठन गरेको छ । “प्रदेश सरकारसँगै जिल्लामा हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ,” प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, “घटनाको तथ्य अनुसन्धानले बताउनेछ ।” बुधबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समेत घटनाको छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा कार्यदल गठन गरेको छ । समितिका सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ । “दाङमा घटना भएकाले प्रहरीले स्वाभाविक रूपमा आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको छ । हामीभन्दा माथि नै प्रदेश सरकारका मन्त्रीकै नेतृत्वमा छानबिन कार्यदल गठन भइसकेको छ,” प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, “छानबिन समितिको प्रतिवेदन आउँदासम्म पर्खनुको विकल्प छैन ।” स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेश सभाको बैठकसमेत स्थगित हुन पुगेको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री वली प्रकरणबारे सरकारले प्रदेश सभा बैठकमा जवाफ नदिँदासम्म बैठक चल्न नदिने नेकपा एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो । बैठक प्रारम्भ भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो । सभामुख पूर्ण घर्तीले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेश सभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।स्वास्थ्य राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा गएर श्रीमती मीना भण्डारी बस्नेत र छोरी एलिजालाई गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै पीडित भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको छ । वली २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । वली नेकपा एमालेका स्वर्गीय प्रदेश सभा सदस्य उत्तर वलीकी श्रीमती हुनुहुन्छ ।
‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन बुधबारदेखि सुरु भएको छ । फ्रेन्चाइज गरिएको उक्त कार्यक्रम शारीरिक (फिजिकल) अडिसन सकेपछि डिजिटल अडिसन सुरु भएको एडी रिलिज प्रालिकी कम्युनिकेसन म्यानेजर रश्मि अग्रवालले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विस्तार केन्द्रित बजेट ल्याएको छ । कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेटमध्ये प्रदेश गौरवका सडक र पुलका पूर्वाधार निर्माणको लागि मात्रै १० अर्ब विनियोजन गरिएकोे छ । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेट वक्तव्यमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका पूर्वाधार विस्तारमा ठूलो रकम खर्चने उल्लेख गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गर्नुभएको छ । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहनुभएका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको बजेटमध्ये चालूतर्फ १९ अर्ब दुई करोड ४१ लाख, पुँजीगततर्फ ४१ अर्ब,
इन्द्रावती गाउँपालिका–५ ऐँसेलुखर्कमा १९० वर्ष पुरानो सत्तल पुनः निर्माण भएको छ । सत्तलसँगै रहेको रणनैनेश्वर मन्दिर पनि पुननिमार्ण सुरु भएको छ ।