• ५ साउन २०८१, शनिबार

एमालेका सांसदहरुबाट संसद् अवरोध

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् । एमाले सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिनुभएको छ ।

एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीमाथि प्रश्न उठेको अवस्थामा प्रतिपक्षले अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिने क्रममा एमालेका सांसदहरुले संसद् अवरोध गरेका हुन् ।

एमालेका सांसदहरुले अर्थमन्त्री शर्माले बजेट तयार पार्ने क्रममा अनधिकृत व्यक्तिहरु प्रवेश गराएर कर, राजस्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेका छन् ।

यसअघि मङ्गलबार एमालेको अवरोपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।