• ७ जेठ २०८१, सोमबार

एसपीपीमा नेपाल आबद्ध हुने निर्णय भएको छैन : गृहमन्त्री खाण

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २ गते । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाल आबद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको जानकारी दिनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेको प्रश्नहरुबारे प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिनुहुँदै गृहमन्त्री खाणले एसपीपीमा नेपाल आबद्ध हुने कुनै निर्णय नगरेको र गर्ने सोच पनि नराखेको बताउनुभएको हो ।

एसपीपीबारे धेरै कुराहरु उठेको बताउनुहुँदै उहाँले ‘‘नेपाल एसपीपीमा आबद्ध भएकै छैन । यससम्बन्धी नेपाल सरकारले कुनै निर्णय गर्ने सोच पनि राखेको छैन ।,’’ भन्नुभयो ।

गृहमन्त्री खाणले नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रका रूपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण गराउनुभयो ।

‘‘‘यसकारण पनि हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नै सक्दैनौँ । त्यसैले नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैन, बन्दैन,’ उहाँले भन्नुभयो ।