• १४ असोज २०८२, मङ्गलबार

वेस्ट इन्डिजविरुद्ध नेपाल ९० रनले विजयी : एक खेल अगाडि जित्यो सिरिज

blog

काठमाडौँ, असोज १३ गते । नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ । यूएईमा जारी सिरिजको पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले सानदार अर्धशतक बनाउनुभयो । आसिफले ४७ बलमा नटआउट ६८ रन बनाउनुभयो भने जोराले ३९ बलमा ६३ रन जोड्नुभयो । शेख र जोराले चौथो विकेटका लागि सय रनको साझेदारी गर्नुभएको थियो ।


नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान अकिल होसेन र काइल मेयर्सले दुई विकेट हात पार्दा जेदिया ब्लेड्सले एक विकेट लिनुभयो । 

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेननन्  । 

बलिङमानेपालका आदिल आलमले चार ओभरमा २४ रन दिएर चार विकेट लिनुभयो । कुशल भुर्तेलले तीन विकेट हात पार्दा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पार्नुभयो । नेपालले कसिलो बलिङ गर्दा वेस्ट इन्डिज १७ ओभर १ बलमा ८३ रन बनाएर अलआउट भएको हो । दोस्रो खेलमा आशिफ शेख प्लेयर अफ द म्याच बन्नुभयो ।


यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । यो जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाडि २–० ले जितेको छ । सिरिजको फाइनल मंगलबार हुँदैछ ।