• ५ साउन २०८१, शनिबार

सुपर डान्सर नेपालको डिजिटल अडिसन

blog

काठमाडौँ (गोरखापत्र), असार २ गते । ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन बुधबारदेखि सुरु भएको छ । फ्रेन्चाइज गरिएको उक्त कार्यक्रम शारीरिक (फिजिकल) अडिसन सकेपछि डिजिटल अडिसन सुरु भएको एडी रिलिज प्रालिकी कम्युनिकेसन म्यानेजर रश्मि अग्रवालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौँमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो ।” छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन राखिएको अग्रवालले बताउनुभयो । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले भने डिजिटल अडिसन दिन पाउने छैनन् ।

डिजिटल अडिसनमा भाग लिन १ देखि डेढ मिनेटसम्मको प्रस्ट र राम्रो गुणस्तरको नृत्य गरेको भिडियो इमेलमा पठाउनुपर्नेछ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्न‘पर्ने आयोजकले जनाएको छ । डिजिटल अडिसन असार ७ गतेसम्म चल्नेछ ।