• १९ असार २०८१, बुधबार

करको दायरा हेरफेरमा चलखेल गरेको आरोप

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।

एमाले सांसद एवम् प्रमुख सचेतक विशाल भट्टराईले संसदमा बोल्नुहुँदै ‘गद्दार’ भन्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाउनुभएको छ ।

सांसद भट्टराईले ‘‘बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्दारीको विषयमा हामी बोलिरहेका छौं,’’ भन्नुभएको थियो ।

सांसद भट्टराईले उक्त शब्दको प्रयोग गर्नुभएपछि सभामुख सापकोटाले रोक्नुहुँदै त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिनुभएको थियो ।

त्यसपछि एमाले सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन् ।