• ७ वैशाख २०८१, शुक्रबार

१९० वर्ष पुरानो सत्तल पुनः निर्माण

blog

एसेलुखर्कमा पुनः निमार्ण भएको १९० वर्ष पुरानो सत्तल । तस्बिरः चित्र मिजार

सिन्धुपाल्चोक, असार २ गते । इन्द्रावती गाउँपालिका–५ ऐँसेलुखर्कमा १९० वर्ष पुरानो सत्तल पुनः निर्माण भएको छ । सत्तलसँगै रहेको रणनैनेश्वर मन्दिर पनि पुननिर्माण सुरु भएको छ । 

स्थानीय रामबहादुर थापाले ऐतिहासिक सत्तल पुनः निर्माण भएपछि आन्तरिक पर्यटकहरु बढ्न बताउनुभयो । जिल्लामा बाहिरका आन्तरिक पर्यकट भित्रिन थालेपछि गाउँमा होम-स्टे सञ्चालनमा लागिरहेको त्यहाँका अगुवाहरुले बताएका छन् ।  इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिकाभरका ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण र जगेर्ना  गरिने बताउनुभयो । 

Author

चित्र मिजार