राष्ट्रियसभा बैठक स्थगित भएको छ । बुधबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्था विधेयक, २०७८ सभा समक्ष पेश गर्नुभएको थियो ।
प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइनेगरी प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाई छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सरकारले काठमाडौंका ५ देखि १२ वर्षमुनिका एक लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमूना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो ।
धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन गर्नेभएको छ । सो उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० बाट ‘हाम्रो धनगढी हामी बनाउँछौं’, नीतिलाई अभियानकै रुपमा अगाडि बढाउने नीति अबलम्बन गर्न लागिएको हो ।
रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिनुभएको निवेदनविरुद्ध उजुरी परेको छ ।
काठमाडाैं, असार ८ गते । रणवीर कपुरको बहुप्रतिक्षित फिल्म 'शमशेरा' को टिजर सार्वजनिक भएको छ । टिजरमा रणवीर र सञ्जय दत्तको खतरनाक लुक देखिन्छ । यससँगै निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज मिति पनि घोषणा गरेको छ । 'शमशेरा'को ट्रेलर भने जुन २४ मा रिलिज हुँदैछ । करण मल्होत्राले निर्देशन गर्नुभएको यो फिल्म जुलाई २२ मा हलमा रिलिज हुने भएको छ ।सञ्जय दत्त, रणवीर कपुर र वाणी कपूरसमेत रहेका 'शमशेरा' फिल्मलाई आदित्य चोपडाले निर्माण गर्नुभएको हो ।
लागूऔषध दूर्व्यसनमा परेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।
काठमाडौं, असार ८ गते । अक्षयकुमार अभिनीत फिल्म 'रक्षाबन्धन'को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाइएको छ । फिल्ममा अक्षयकुमारको अनस्क्रिन दिदीबहिनीसँगको प्रेम र सम्बन्धको सौन्दर्य देख्न सकिन्छ । फिल्ममा अक्षयकुमारसँग भूमि पेडनेकर मुख्य भूमिकामा हुनुहुन्छ । 'रक्षाबन्धन'लाई आनन्द एल राईले निर्देशन गर्नुभएको हो । 'अतरंगी रे' पछि राईसँग अक्षयको यो दोस्रो सहकार्य हो । फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज हुने भएको छ ।
काठमाडौं, असार ८ गते । सृष्टि श्रेष्ठ अभिनित फिल्म 'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गर्नुभएको हाे । सुवर्ण थापाले निर्देशन गर्नुभएको फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखकलगायतकाे अभिनय छ ।भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता सौगात मल्ल हुन् ।