• १९ असार २०८१, बुधबार

सत्ता गठबन्धनको बैठक आज बस्दै

blog

फाइल तस्बिर

काठमाडौं, असार ८ गते । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो ।

बैठकमा सरकारका सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुनेछ ।