• १९ असार २०८१, बुधबार

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल

blog

काठमाडौं, असार ८ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल हुँदैछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल हुँदैछ ।

यसैगरी, सांसद भगवती न्यौपानेले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपियाँ कायम गरियोस्’’ भन्ने खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, सांसद सोनाम गेल्जेन शेर्पाले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवे रेल्वे विधेयक, २०७९ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्था विधेयक, २०७८ सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ ।