• १४ असोज २०८२, मङ्गलबार

निर्वाचन गराउन युवा सङ्घ सहयोगी हुने

blog

काठमाडौँ, असोज १४ गते । राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधिसभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

सङ्घका अध्यक्ष क्षितिज थेबेले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन सङ्घले पनि भूमिका खेल्ने जनाउँदै जेनजी समूहले उठाएका माग पूरा गराउन आफूहरु सचेत भएको स्पष्ट गर्नुभएको छ । 

यसैगरी, टे«ड युनियन महासङ्घ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले पनि आजै एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा केन्द्रित हुन सुझाएको छ । रासस