• ५ वैशाख २०८१, बुधबार

'शमशेरा' को टिजर सार्वजनिक

blog

काठमाडाैं, असार ८ गते । रणवीर कपुरको बहुप्रतिक्षित फिल्म 'शमशेरा' को टिजर सार्वजनिक भएको छ । टिजरमा रणवीर र सञ्जय दत्तको खतरनाक लुक देखिन्छ । 

यससँगै निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज मिति पनि घोषणा गरेको छ । 

'शमशेरा'को ट्रेलर भने जुन २४ मा रिलिज हुँदैछ । करण मल्होत्राले निर्देशन गर्नुभएको यो फिल्म जुलाई २२ मा हलमा रिलिज हुने भएको छ ।

सञ्जय दत्त, रणवीर कपुर र वाणी कपूरसमेत रहेका 'शमशेरा' फिल्मलाई आदित्य चोपडाले निर्माण गर्नुभएको हो ।