काठमाडौं, असार १० गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गर्नुभएको छ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उपसभापति खड्का नीति अनुसधन प्रष्ठिानको प्रमुख नियुक्त हुनुभएको उल्लेख छ। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) बमोजिम सभापति देउवाले उपसभापति खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन भएको “नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान” को प्रमुखमा मनोनयन गर्नुभएको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब छ करोड ४६ लाख १४ हजार बराबरको बजेट प्रस्तुत भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबारदेखि सूरु भएको ११ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा त्यसमाथि छलफल भएको सो दलका नेताहरुले बताउनुभएको छ ।
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपियाँको बजेट विनियोजन गरेको छ । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो ।
मोरङको कानेपोखरी गाउँपालिकाले ५७ करोड ५२ लाख ३८ हजार रुपियाँको अनुमानित आयब्यय (बजेट) प्रस्तुत गरेको छ । १० औं नगरसभामा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शुक्रबार बजेट प्रस्तुत गर्नुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि एक अर्ब ८३ करोड ८९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला राना थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
झापाका स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेटमा कतिपय लोकप्रिय कार्यक्रमहरु समावेश गरेको छ
नेपाली कांग्रेसका नेता एवं नोवेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनील शर्माले सामुदायिक सर्पदंश उपचार केन्द्र बेलबारीलाई १२ लाख रुपियाँ मूल्य पर्ने इसिजी मनिटर प्रदान गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिमा सहकार्य गर्न सक्ने शक्तिलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै उहाँले त्यस्तो बताउनुभयो ।
शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको लोकतान्त्रिक प्रक्रिया सुदृढीकरण हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित नेपाल पर्वतारोहण संघको नवनिर्वाचित केन्द्रीय समितिको पदभार तथा शपथ ग्रहण कार्यक्रममा उहाँले नेपाली जनताको एकता र भावनालाई सम्बोधन हुनुपर्ने भन्नुहुँदै त्यस्तो बताउनुभएको हो ।
सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटाले शुक्रबारसम्म आगामी आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् ।