• १३ वैशाख २०८१, बिहिबार

एसको पोलिट्ब्यूरो बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १० गते । नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा त्यसमाथि छलफल भएको सो दलका नेताहरुले बताउनुभएको छ ।  

पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । समाजवादीको शनिबार केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । “केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल भएको खतिवडाले बताउनुभयो । 

अध्यक्षले नेपालको अहिलेको भूराजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय शक्ति केन्द्रको खेलमैदान बन्नलागेको विषय, सैन्य गतिविधि, गठबन्धन र असंलग्न परराष्ट्र नीति जोगाउने पार्टीको धारणा व्यक्त गर्नुभएको खतिवडाले बताउनुभयो । 

बैठक पश्चात् सञ्चारर्कीमाझ बोल्नुहुदै उहाँले देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीले आवाज उठाउनु पर्ने भन्नुहुदै निर्वाचनको तयारीमा गठबन्धनलाई प्राथमिकता दिइने तर गठबन्धन मुख्य नभनिने निष्कर्श बैठकको रहेको बताउनुभयो ।  

गठबन्धन मुख्य भन्दैनौं तर गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछकि बनाउँदैन भन्नेमा उत्तिकै ध्यान दिन्छ र देशको सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने गरी निर्वाचनमा लाग्न अध्यक्षले आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।  पार्टीको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन हुनेमा अध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।